काठमाडौं-नेपाली युवाहरूको टोली पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा दोस्रो भएको छ।
Advertisement
इन्डोनेसियामा भएको फाइनल चरणको खेलमा नेपालको डीआरएस टीम टर्कीको एसटुजीसँग पराजित हुँदै दोस्रो स्थान पक्का गरेको हो।
फाइनल अर्थात अन्तिम चरणको भिडन्तमा एसटुजीले १९० अंक जोड्यो। नेपाली टोली डीआरएसले १५८ अंक जोडेको छ।
उपविजेता बनेको नेपाली टोली डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार जितेको छ। यो भनेको नेपाली रूपैयाँ तीन करोडभन्दा धेरै हो।