काठमाडौं- ललितपुर महानगरपालिकाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार परिसरमा हुने गरेका विभिन्न गतिविधिमा रोक लगाएको छ ।
Advertisement
महानगरले एक सूचना जारी गर्दै धूम्रपान तथा मद्यपान गर्न, मोटरसाइकल तथा चार पाङग्रे सवारी प्रवेश गर्न र सम्बन्धित निकायको अनुमति बिना कुनै पनि कार्यक्रम गर्न र गराउन रोक लगाइएको जानकारी दिएको छ ।
त्यसै गरी म्युजिक भिडियो तथा फोटो सुटिङ गर्न, साइकल स्टण्ड गर्न, कुनै पनि तरिकाबाट भिक माग्न, उछ्रिङ्खल तरिकाले टिकटक, भिडियो बनाउन, वा धार्मिक महत्वका आकृति, वस्तु तथा चिन्हहरुमा, धार्मिक आस्थामा आँच आउने गरि टेक्ने, चढ्ने जस्ता कामहरु गर्न रोक लगाइएको सूचनामा उल्लेख छ ।
चिया बेच्न, मकै बेच्न, तौल मेसिन राख्ने लगायतका अन्य फुटपाथ पसल राख्न, तोकिएको समयपछि रातको समयमा दरबार परिसरमा बस्न र घुम्न रोक लगाइएको महानगरले जनाएको छ ।