काठमाडौं- पाल्पामा टिप्परले च्यापेर एक जनाको मृत्यु भएको छ ।
Advertisement
जिल्लाको निस्दी ७ ज्यामिरेको पिपेन्डीस्थित सर्वोत्तम सिमेन्टको खानीबाट चुनढुंगा लोड गरेको टिप्परले च्यापेर मृत्यु भएको हो ।
टिप्परले च्यापेर मृत्यु हुनेमा सुर्खेतका चिनगाड गाउँपालिकाका २७ वर्षीय जीतबहादुर चलाउने रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।