काठमाडाैं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् । शुक्रबार विमानस्थल भन्सार कार्यालयले दुबईबाट आएका उनको लगेजबाट १९ किलाे सुन बरामद गरेको हो ।
Advertisement
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन सुनसहित पक्राउ परेका हुन् । २७ वर्षीय मोहम्मद फ्लाइ दुबईको फ्लाइटबाट आएका थिए ।
उनी भन्सार कार्यालयको नियन्त्रणमा छन् । उनीमाथि सुन तस्करीको विषयमा अनुसन्धान भइरहेको छ।