काठमाडाैं : वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। संघीय संसदमा निर्वाचिन भएर शपथग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन्।
Advertisement
नेकपा एकीकृत समाजवादीको तर्फबाट पाण्डे पहिलो कार्यकालमै तेस्रो मुख्यमन्त्रीको रुपमा चुनिएका थिए।
पाण्डेभन्दा पहिले वाग्मतीको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्य थिइन्।
शाक्यभन्दा पहिले नेकपा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री थिए।