काठमाडौं- विश्वकप फुटबलको समाप्तिसँगै कतार सरकारले हय्या कार्डको सुविधा हटाएको छ ।
Advertisement
विश्वकपको समयमा हय्या कार्ड जारी गरेको कतारले त्यो सकिएसँगै सुविधा हटाएको हो ।
यो सुविधा हटेसँगै आजदेखि हय्या कार्डबाट पाइने निःशुल्क सार्वजनिक सवारीको यात्रा हटेको छ । आजदेखि मेट्रो र ट्राम चढ्न ट्राभल कार्ड आवश्यक पर्नेछ । कतारले हय्या कार्ड मार्फत विदेशी कामदार भित्र्याएको थियो । जसमा केही संख्यामा नेपाली पनि उक्त कार्ड मार्फत कतार गएका थिए ।
नेपाल सरकारलेसमेत हय्या कार्डमार्फत नेपालीलाई कतार जान दिने निर्णय गरेको थियो । तर, अन्तिममा गरिएको निर्णयले १ हजार ५०० भन्दा बढी नेपाली हय्या कार्ड मार्फत विश्वकपका लागि कतार जान पाएका थिएनन् ।