मेष- आज परिवारजनसँग आफ्नो मनभित्रको भावना व्यक्त गर्ने समय छ। र, उनीहरू तपाईंसँग सहमत भएर तपाईंको विचार पछ्याउने निर्णयमा पुग्ने छन्।
वृष- आज नयाँ साथी बनाउने मौका छ। तपाईंमा जागृत भएको सकारात्मक ऊर्जाले तपाईंका हरेक प्रयासलाई सार्थक बनाउन सक्छन्।
मिथुन- आज ग्रामीण क्षेत्रतर्फ यात्राको योग छ। त्यसबाट तपाईंको हृदय शुद्धीकरणका लागि योगदान दिन सक्छ।
कर्कट- तपाईंको योजनाअनुसार नै काम बन्ने योग छ। अब तपाईंले नयाँ योजना बुन्न बन्द गर्नुपर्छ र पुराना योजनालाई कार्यान्वयनतर्फ लाग्नुपर्छ।
सिंह- यो तपाईंको व्यावसायिक सफलताका लागि राम्रो दिन हो। त्यसैले तपाईंले आफूमा सकारात्मक ऊर्जा जागृत गराउन कुनै कसर छाड्नु हुँदैन।
कन्या- आज तपाईंले प्रेमी-प्रेमिकालाई समय दिनु राम्रो होला। तथापि, तपाईंको कार्यबोझले धेरै उल्झनको सामना पनि गर्नुपर्ने हुन सक्छ।
तुला- आज साह्रै राम्रो दिन छ। तपाईंको कम्पनीबाट वा अन्यत्रबाट कुनै महत्त्वपूर्ण परियोजना हात पर्ने सम्भावना छ।
वृश्चिक- आज तपाईंका लागि दिन मिश्रित फलदायी प्रकृतिको छ। आजको दिन तपाईंले आफ्नो श्रमको परिणाम देख्न थाल्नु हुनेछ।
धनु- आजको दिन तपाईंलाई सफलताको योग लिएर आएको छ। आजको दिन धनलाभ पनि हुने उत्तिकै सम्भावना छ। लगानीका लागि पनि उपयुक्त समय छ।
मकर- आजको दिन शहरबाट बाहिरी इलाकामा भ्रमण या व्यापारिक ट्रिप लाभदायी हुन सक्छ। भ्रमणमा निस्केर आनन्द उठाउने समय हो यो।
कुम्भ- आज सहकर्मीहरूसँग समय बिताउने योग परेको छ। कुनै दान, पुण्यमा सहभागी हुनु भयो भने केही लाभ हासिल भएको अनुभूति हुनेछ।
मीन- आज तपाईं बहादुर देखिनु हुनेछ। र, राम्रो लाभ हासिल हुने मिसन स्वीकार गर्नु हुनेछ। तारा, ग्रहहरू तपाईंको पक्षमा देखिन्छन्। तपाईं विद्यार्थी हुनु हुन्छ भने आगामी परीक्षाको तयारीमा लाग्नु उपयुक्त हुनेछ।