भैरहवा । एन.के. एफ. आइ इन्टरनेश्नल कराते एण्ड किकबक्सीङ च्यामपेयनसीप २०२२ मा नेपालको तर्फबाट जापान गोजुरीयो कराते डो मिसन संघ नेपालको टोलीले भाग लिने भएको छ। सन् २०२२ डिसेम्बर २६ र २७ अर्थात वि.स २०७९ पौस ११ र १२ गते भारतमा हुन गैरहेको उत्त प्रतियोगीतामा र सहभागी खेलाडीको बारेमा जानकारी दिने उद्धेश्यले भैरहवामा जापान गोजुरीयो कराते डो मिसन संघले मंगलबार पत्रकार सम्मेलन गरेको हो।
च्यामपेयनसीपमा नेपालको तर्फबाट प्रतिनिधित्व जापान गोजुरीयो कराते डो मिसन संघ नेपालका प्रमुख प्रशिक्षक केबि रानाले गर्नेछन्। पत्रकार सम्मेलनमा बोल्दै संस्थापक अध्यक्ष केबि रानाले खेल र खेलाडी राज्यका महत्तवपूर्ण अङ भएको बताए।
नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर केसीले खेल र खेलाडीको विकास तथा संरक्षण नभए सम्म देश विकास नहुने बताए।
उत्त प्रतियोगीतामा ११ जना खेलाडीको टिम र ४ जना अफिसियलको सहभागिता रहेने छ। प्रतियोगीतामा शृलंका, भुटान, नेपाल, भारत र बंग्लादेश गरी पाँच राष्ट्र सहभागी हुने छन्। जापान गोजुरीयो कराते डो मिसन संघ नेपालले यस अघि सन् २०१४ पुनामा वल्र्ड च्यामपेयनसीप, सन् २०१७ मा दिल्लीमा च्यामपेयनसीप, सन् २०२०मा कलकत्तामा इन्टरनेश्नल च्यामपेयनसीप र सन् २०२१ मा पटनामा इन्टरनेश्नल च्यामपेयनसीप अवार्ड समेत जितेको प्रस विज्ञप्तीमा उल्लेख गरीएको छ। जापान गोजुरीयो सन् २००४ मा भएको र हाल यस मातहत नेपाल भर ३० डोजो र भारतमा १५ डोजो रहेका छन्। प्रतियोगीता भारतको महाराष्ट्र स्थित नेता जी सुभाष चन्द वोस मिल्ट्री स्कुल फुलगाउ पुनेमा हुदैछ।