काठमाडौं- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-५, धनेश्वरमा दुई स्कुटर आपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् ।
Advertisement
गए राति करिब पौने १० बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२ ०२६ प ८०९७ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०३ ००६ प ७६२२ नम्बरको स्कुटर ठोक्किएका थिए ।
दुर्घटनामा घाइते भएका तीनैजनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ८०९७ नम्बरको स्कुटरमा सवार भारतीय नागरिक विटुको अवस्था गम्भीर रहेको प्रहरीचौकी पनौतीले जनाएको छ ।