२०१९ः अमेरिकी अन्तरिक्ष सेनाको स्थापना। सन् १९४७ पछि अमेरिकी सेनाको पहिलो शाखा बन्यो अन्तरिक्ष सेना।
२००७ः ब्रिटेनकी महारानी स्वर्गीय एलिजाबेथ द्वितीयालाई विश्वकै सबैभन्दा लामो समयकी राष्ट्रप्रमुख घोषणा। उनी २२ जनवरी
१९०१: मा तत्कालीन महारानी भिक्टोरियाको निधनपछि ब्रिटेनकी महारानी बनेकी थिइन्।
१९९५ः अमेरिकन एयरलाइन्सको उडान नम्बर ९६५ को बोइङ ७५७ विमान कोलम्बियाको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त। यात्री र चालक दल गरी १६३ जनाको मृत्यु।
१९९९ः पोर्चुगलद्वारा मकाउ द्विप चीनलाई हस्तान्तरण। १६ औं शताब्दीको मध्यतिर पोर्चुगलले मकाउ कब्जा गरेको थियो। हस्तान्तरणपछि चीनको विशेष प्रशासनिक क्षेत्रका रूपमा रहँदै आएको छ।
१९८९ः पनामामाथि अमेरिकाको आक्रमण। यसलाई ‘अपरेसन जस्ट कज’को रूपमा चिन्ने गरिएको छ। उक्त आक्रमण तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसको नेतृत्वमा भएको थियो। पनामाका तानाशाह म्यानुएल नोरिगाविरुद्ध शुरु भएको उक्त आक्रमण ३१ जनवरी १९९० मा अन्त्य भएको थियो।
१९७३ः स्पेनका प्रधानमन्त्री कारेरो ब्लान्काको हत्या। उनी स्पेनका तानाशाह थिए। उनको हत्या बास्क नेस्नलिस्ट तथा पृथकतावादी समूह एस्कादी ता अस्कातासुनाले गरेको थियो।
१९८७ः फिलिपिन्सको तब्लास स्ट्रेटमा यात्रीवाहक पानीजहाज ‘डोना पाज’ समुद्रमा डुब्दा ४०० हजार जनाको मृत्यु। उक्त पानीजहाज इन्धन बोकेको अर्को पानीजहाज ‘एमटी भेक्टर’सँग ठोक्किएको थियो। यसलाई समुद्रमा भएको सबैभन्दा ठूला दुर्घटनामध्ये एउटा मानिन्छ।