• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

‘महापुरुष’ले ५१ दिनमा कमायो १० करोड


शनिबार, पुष ०२, २०७९ मा प्रकाशित

काठमाडौं- प्रदर्शनको आठौं सातामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले शनिबार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औं दिन पार गरेको छ।

Advertisement

कोरोना महामारीपपछि हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ : द फाइनल म्याच’पछि यसले ५१औं दिन पूरा गर्दै घरेलु बक्स अफिसबाटै १० करोड रुपैयाँ कमाउन सफल भएको छ। चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई सफलताले दायित्व बोध बढेको बताउँछन्।

‘दर्शकको साथले थप ऊर्जा मिलेको छ,’ उनले भने। नेपाल मात्र नभई अमेरिकामा समेत आठौं सातामा चलचित्र प्रदर्शन भइरहेको छ। नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न मद्दत पुगेको निर्देशक भट्टराईको भनाइ छ। उनले यसअघि निर्देशन गर्नुभएको जात्रा, शत्रु गते र जात्रै जात्रा चलचित्रले समेत ५१औं दिन पार गरेको थियो।

‘मह सञ्चार’सँग डेढ दशकसम्म टेलीचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बन्नुभएका भट्टराईले सफलताको श्रेय मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिन्छन्। ‘उहाँहरूबाटै सिकेर निर्देशन गर्न पाएको छु। स्कुल पढेर दिएको परीक्षामा पास भएझैं महशुस भएको छ,’ उनले भने।

अमेरिका भ्रमण सकेर नेपाल फर्केका अभिनेता आचार्यले निर्देशक भट्टराई शुरुवाती दिनदेखि नै प्रतिभावान् रहेको बताए। ‘टेलीचलचित्र हामीले उहाँलाई जिम्मा लगाउँथ्यौं। उहाँको कामले हाम्रो मन जितिसकेको थियो। आज चलचित्रमा समेत सफल हुँदा खुशी लाग्छ,’ आचार्यले भने।

चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, सिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन्। चलचित्रमा एक्लोपनको कथा देखाइएको छ।

नेपालसँगै अमेरिका, अस्ट्रेलिया, युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको महापुरुष १ डिसेम्बरदेखि कतार, ओमान, बहराइन र यूएईमा समेत प्रदर्शन भइरहेको छ। षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित चलचित्र महापुरुषको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री छन्। चलचित्रमा दीपक बज्राचार्यको छायांकन र मित्र डी. गुरुङको सम्पादन छ। यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारका रूपमा डेब्यु गरेका छन्।

शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.