काठमाडौं– चितवनमा बिहे भोज खाएर दुई जय जनाभन्दा बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्ट शील गरिएकोे छ ।
रिसोर्टमा आयोजना गरिएको विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालयले होटल शील गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा र चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो ।
नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरु यस रिसोर्टमा शुक्रवार बिहे भोज खाएपछि बिरामी परेका थिए । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ । यी समस्या देखा परेका बिरामीहरुलाई हस्पिटलमा भर्ना हुन आग्रह गरिएको होटलका प्रबन्ध निर्देशक जनार्दन रिजालले जानकारी दिए । उनका अनुसार ६६ जनाले उपचार समेत गराइसकेका छन्।
Advertisement