रूकुम पूर्व : मंसिर ४ गते निवार्चन सम्पन्न भएकाे रुकुम पूर्वमा एउटै वडा बाट ३ जना सांसद चयन भएका छन।
Advertisement
संघ र प्रदेशको निर्वाचन बाट समानुपातिक कोटामा चयन भएका ३ जना महिला सांसद एकै वडाका रहेका हुन। नेपाली काङ्ग्रेस प्रतिनिधि सभा बाट कुसुमदेवी थापा बुदा मगर, नेकपा एमाले लुम्बिनी प्रदेश (क) बाट सारिका पुनमगर तथा माओवादी केन्द्र (क) बाट दिलकुमारी बुदा मगर चयन भएका छन।
पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा १० नम्बर वडाका ३ जना महिलाहरुले एकैसाथ सांसद जिम्मेवारी पाएका छन् ।
प्रदेशको निर्वाचन क्षेत्र (क) बाट स्वतन्त्र उम्मेदवार सुरुल पुनमगर जिते सँगै करिब २३/२४ वर्षे लामो समयको अन्तराल पछि पुथा उत्तरगंगा गाउँपालिकाले एकैसाथ ४ जना सांसद प्राप्त गरेको छ ।
स्वतन्त्र उम्मेदवार पुनमगर पुथा उत्तरगंगा गाउँपालिका १ नम्बर वडाका वासिन्दा हुन ।