• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

उखु मासेर तोरी खेतीतर्फ आकर्षित हुँदै सर्लाहीका किसान


    Avatar photo
शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित

सर्लाही- सर्लाहीका किसान केही वर्षदेखि आफूले लगाइरहेको उखु मासेर तोरी खेतीतर्फ आकर्षित भएका छन् ।

Advertisement

तीन/चार वर्षयता जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरलगायतका ठाउँका उखु उत्पादक किसानले आफ्नो खेतबारीमा उखु मासेर तोरीसहितको अन्नबाली बढाउँदै लगेका छन् । उखु खेतीमा लगानी गरेर लगानीसमेत नउठेपछि तोरी खेतीतर्फ लागेको हरिवन नगरपालिका–८ का किसान हरि निरौलाले बताउनुभयो ।

“उखुमा लगानीअनुसारको मूल्य छैन, यताका सबैजसो उखु उत्पादक किसानले अहिले उखु मासेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेका छन्”, निरौलाले बताउनुभयो ।

दुई दशक अघिसम्म तोरी खेतीमा अब्बल मानिने जिल्लामा केही वर्षदेखि उखु खेतीप्रतिको आकर्षण बढेको थियो । तर वर्षभरि लगानी गरेर उत्पादन भएको उखु बिक्री गरेको रकम उद्योगले भुक्तानी नगर्दा दिक्दार भएका जिल्लाका उखु उत्पादक किसान अन्य खेतीतर्फ मोडिएका हुन् ।

सरकार, उद्योगी र किसान प्रतिनिधिबीच भएको सहमतिअनुसार उद्योगीले प्रतिक्विन्टल रु पाँच सय २० र नेपाल सरकारले रु ७० अनुदान रकम दिने सहमति गरिए पनि उद्योगले सहमतिअनुसारको रकम भुक्तानी नगरेकाले आफूहरू उखु छोडेर तोरी, परबल, बोडी, मास, धान, मकै र कोदोजस्ता परम्परागत अन्नबाली लगाउन थालेको हरिवन नगरपालिका–२ का किसान रामपुकार महतोले बताउनुभयो ।

उहाँका अनुसार जिल्लामा रहेका तीन वटा चिनी मिल मध्ये इन्द शङ्कर चिनी उद्योगबाहेक अरू उद्योगले किसानको रकम भुक्तानी गरेका छैनन् । महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योग उखु अभावले गर्दा बन्दजस्तै अवस्थामा छन् । जिल्लामा देशकै धेरै चिनी मिल भए पनि उखु २५ हजार हेक्टर क्षेत्रमा र  धान ४६ हजार पाँच सय हेक्टर क्षेत्रमा खेती हुँदै आइरहेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताउनुभयो ।

हरिवनमा चिनी उद्योग स्थापना भएपछि किसानले सबै खाले अन्न बाली मासेर आफ्ना खेतबारीमा उखु लगाउन सुरु गरेका थिए । करिब २० वर्षपछि यहाँका किसान पुनः उखु खेती मासेर पुरानै खेतीमा फर्किएका स्थानीय जानकार राजकुमार उप्रेतीले बताउनुभयो । “किसानले तोरी खेती मासेपछि खाने तेलको मूल्य आकासियो, अहिले तोरी झार्ने बित्तिकै क्विन्टलको करिब रु १५ हजारका दरले बिक्री हुन्छ । जग्गा जमिन धेरै हुनेले व्यावसायिक उद्देश्यले तोरी खेती गरेका छन् । थोरै जमिन हुनेले आफ्ना लागि मात्रै भए पनि तोरी लगाउन थालेका छन् । उखु लगाउँदा वर्षमा एक पटक उत्पादन निस्कने भए पनि तोरी खेतीमा वर्षमा तीन÷चार बाली लगाउन पाइने र लगानी धेरै नलाग्ने हुँदा उखुको विकल्पमा लागेका  छन्”, उप्रेतीले बताउनुभयो ।

थोरै लगानी गर्दा मनग्ये आम्दानी हुने भएपछि जिल्लाका उखु उत्पादक किसानले तोरी खेती बढाउन थालेका छन् । सिँचाइ सुविधा नभएको जमिनमा पनि धेरथोर तोरी उत्पादन हुन्छ । “जसका कारण पनि किसानको मनफेरि पुरानै खेतीतर्फ मोडिएको हो”, गोडैता नगरपालिका–४ का कपिल महतो भन्नहुन्छ । जिल्लाका किसानले धान, हिउँदे मकैजस्ता बाली उठाएपछि तोरी खेती गर्छन् । तोरीभित्र चना, मुसुरोजस्ता दलहन बाली पनि उत्पादन हुन्छ । तोरी र चना भित्र्याएपछि खेत बर्खे मकै खेतीका लागि तयार हुन्छ । “तीन बाली लगाउँदा किसानले उखु खेतीबाट भन्दा पनि धेरै आम्दानी गर्छन्”, स्थानीय छोटेलाल साहले बताउनुभयो ।

यता, जिल्लाका उखु उत्पादक किसानलाई आफूहरूले  नयाँ प्रजातिको उखु खेती गर्न बीउ वितरण गरेकाले जिल्लामा उखु उत्पादन बढ्ने इन्दु शङ्कर चिनी उद्योगका उखु प्रबन्धक योग नारायण रजकले बताउनुभयो । उखु खेतीका लागि देशमै अब्बल मानिएको नयाँ प्रजातिको उखु जिल्लाका उखु उत्पादक किसानलाई वितरण गरिएका कारण उखु उत्पादनमा क्षेत्रफल घटे पनि उत्पादनमा कमी नआउने उद्योगको दाबी छ ।

शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

भर्खरै

  • १.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • २.
    प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

  • ३.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • ४.
    सुनचाँदीको मूल्य बढ्यो

  • ५.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ६.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ७.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ८.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.