• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

प्रदेशसभा अपडेट : पाँच प्रदेशमा कांग्रेस, दुईमा एमाले पहिलो


आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित

काठमाडौं- प्रदेशसभातर्फको ३२८ निर्वाचन क्षेत्रमध्ये ३२७ को मतपरिणाम आइसकेको छ।

Advertisement

प्रदेशसभातर्फ ११० निर्वाचन क्षेत्रमा जित हासिल गर्दै कांग्रेस पहिलो दल बनेको छ। एमाले ९० स्थानमा जित हासिल गर्दै दोस्रो र ५३ स्थानसहित माओवादी तेस्रो दल बनेको छ।

सातै प्रदेशको परिणामअनुसार कांग्रेस अगाडि देखिए पनि प्रदेश–१ मा एमालेले आफ्नो बलियो पकड जमाएको छ। ५६ निर्वाचन क्षेत्र रहेको प्रदेशमा एमाले २४ निर्वाचन क्षेत्रमा निर्वाचित हुँदै पहिलो दल बनेको छ।

सत्ता गठबन्धन दल कांग्रेस १६ स्थानसहित दोस्रो स्थानमा रहँदा माओवादीले ९ र एकीकृत समाजवादीले ३ स्थानमा मात्र जित हासिल गरेका छन्। यस्तै, राप्रपा २ ठाउँमा विजयी भएका छन्।

प्रदेश–१ मा बलियो पकड जमाएको एमालेले मधेश प्रदेशमा पनि सो क्रम जारी राखेको छ । ६४ निर्वाचन क्षेत्र रहेको मधेश प्रदेशमा १५ स्थानमा जित हासिल गर्दै एमाले नै पहिलो दल बनेको छ। १३ स्थानमा निर्वाचित हुँदै कांग्रेस दोस्रो भएको छ।

मधेशी दलको वर्चस्व रहेको मधेश प्रदेशमा माओवादी केन्द्रलाई भने गठबन्धनमा रहे पनि जित निकाल्न मुस्किल प¥यो। एकीकृत समाजवादीले एक सिटमा पनि जित निकाल्न सकेन।

माओवादीले ४ सिट जित्दा सीके राउत नेतृत्वको जनमत पार्टीले ६ सिट जितेका छन्। जसपा ९, लोसपा ७ र स्वतन्त्र ६ स्थानमा विजयी भएका छन्।

मधेश प्रदेशमा साना राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारले समेत राम्रै नतिजा निकाल्न सकेको देखियो।

वागमती प्रदेशमा भने २४ निर्वाचन क्षेत्रमा विजयी हुँदै कांग्रेस नै पहिलो दल बनेको छ। माओवादी केन्द्र १४, एमाले १३ र राप्रपाले ७ स्थानमा जित हासिल गरेका छन्। एकीकृत समाजवादी ५, नेमकिपा र हाम्रो नेपाली पार्टीले १–१ स्थान जिते।

६४ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा दोलखाको प्रदेशसभा ‘क’ को मतगणना जारी छ, जसमा माओवादी केन्द्रका गंगा कार्कीले १० हजार ४७२ मतका साथ अग्रता लिइरहेका छन्। एमालेका बालकृष्ण शिवाकोटी ९ हजार ३०५ मतका साथ पछ्याइरहेका छन्।

गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ दोस्रो दल बनेको एमाले प्रदेशसभातर्फ पनि दोस्रो दल नै बनेको छ। गण्डकी प्रदेशमा १८ स्थानमा जित निकाल्दै कांग्रेस पहिलो दल बनेको छ।

एमाले १२ स्थानमा जित निकाल्दै दोस्रो बने। माओवादी केन्द्रले ४ र नेपाल समाजवादी पार्टी तथा स्वतन्त्रले १–१ स्थानमा जित हासिल गरेका छन्।

यस्तै, ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा भने एमाले पहिलो बनेको छ। उसले १८ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। कांग्रेसले १७ स्थानमा जित निकाल्दा माओवादीले ५ र जसपा २ ठाउँमा विजयी भए। यस्तै, नागरिक उन्मुक्ति पार्टी, लोसपा र राप्रपा २–२ ठाउँमा विजयी हुँदा जनमत पार्टीले १ र स्वतन्त्रले ३ स्थान आफ्नो पोल्टामा पारे।

कर्णाली प्रदेशमा सत्ता गठबन्धन अगाडि देखिएको छ। २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा कांग्रेस र माओवादीले बराबर जित निकालेका छन्। यी दुई दल ९-९ निर्वाचन क्षेत्रमा निर्वाचित भएका छन्। एमालेले ५ र स्वतन्त्रले १ स्थानमा जित हासिल गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा भने एमाले खुम्चिएको छ। ३२ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा एमाले ३ निर्वाचन क्षेत्रमा मात्र जित हासिल गरेको छ। जब कि, नागरिक उन्मुक्ति पार्टीले ५ स्थानमा जित हासिल गरेको छ। कांग्रेस १२, माओवादी ८, एकीकृत समाजवादी ३ र स्वतन्त्र १ स्थानमा विजयी भएका छन्।

आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

भर्खरै

  • १.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • २.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ३.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ४.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ५.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ६.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ७.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

  • ८.
    ह्यारी–मेघनको शाही हैसियत यथावत्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.