• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

तीन किलो सुन पहिरिने ‘गोल्डेन गाइज’, के हो उनीहरूको परिचय ?


शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित

मुम्बई- भारतको चर्चित रियालिटी सो ‘बिग बोस’को घरमा अहिले गोल्डेन गाइज चर्चामा छन्। उनीहरूको इन्ट्री बिग बोसको माहोल नै फेरिदिएको छ।

Advertisement

‘गोल्डेन गाइज’ उपमा पाएका उनीहरूको नाम हो, सनी नानासाहेब बाघचौरे र सञ्जय गुर्जर। उनीहरूलाईं ‘बिग बोस’ले विशेष जिम्मेवारी दिएको छ। उनीहरूले बिग बोसका प्रतिस्पर्धीलाई उनीहरूले हारेको २५ लाख भारतीय रुपैयाँ फेरि जित्ने अवसर दिने छन्।

बिग बोसमा प्रतिस्पर्धीले एक टास्कको दौरान ५० लाख पुुरस्कार राशिमध्ये २५ लाख हारिसकेका छन्। र, सोही रकम पुनः प्राप्त गराउन यी गोल्डेन गाइजले बिग बोस जोइन गरेका छन्।

को हुन् उनीहरू ?

सन् २०१६ मा आएको फिल्म ‘ग्रेट ग्र्यान्ड मस्ती’को प्रोमोसनको दौरान फिल्कमा स्टारकास्ट विवेक ओबरोय, रितेश देशमुख र आफताब शिवदासानी तीनैजना कपिल शर्मा सोमा पुगेका थिए। पहिलोपटक गोल्डेन गाइज यही सोमा देखिएका थिए।

गलामा मोटा-मोटा सुनका सिक्री, हातमा मोटा-मोटा सुनका कडी र सुनकै जुत्ता लगाएका उनीहरूले कपिल शर्माको ध्यान तानेका थिए। यी दुवै महाराष्‍ट्रको पुणेस्थित पिम्परी-चिन्चवाडाका हुन्।

पुणेमा हुर्केका उनीहरू बालखैदेखि सुनका गहना लगाउँथे। अहिले उनीहरू दैनिक तीन किलो या त्यसभन्दा बढी सुनका गहना पहिरिन्छन्। उनीहरूलाई पुणेमा गोल्ड म्यानको नामबाट चिनिन्छ।

बाघचौरेलाई स्थानीय बासिन्दाले प्रेमपूर्वक नाना पनि भन्छन्। किनकि, उनले आफ्ना पितालाई समर्पित गर्दै ‘नाना’ नामको सिक्री बनाएका छन्, जो अक्सर उनले लगाएकै हुन्छन्। सनीले मोडेल तथा कलाकार प्रिती सोनीसँग विवाह गरेका छन्।

गुर्जरलाई स्थानीय बासिन्दाले प्रेमपूर्वक बन्टी गुर्जर नामबाट बोलाउँछन्। उनको लक्की नम्बर ७ हो। र, सोही आँकडामा उनले सुन सिक्री गलामा लगाउँछन्।

सन् २०१६ मा कपिल शर्मा सोमा रितेश देशमुखले दर्शकहरूलाई उनीहरू विवेक ओबरोयका साथी भएको बताएका थिए। उनीहरू ओबरोयका फिल्मका लगानीकर्ता पनि भएको रितेशले जानकारी दिएका थिए।

‘जिला गाजियाबाट’ र ‘जयन्तीभाइकी लभ स्टोरी’ नामक फिल्ममा उनीहरू नै लगानीकर्ता थिए। सन् २०१३ मा विवेकको फिल्म ‘जिला गाजियाबाद’मा बाघचौरेले छोटो भूमिकामा पनि देखिएका थिए।

‘गोल्डेन गाइज’ले सन् २०१२ मा फिल्ममा लगानी शुरु गरेका थिए। त्यसबाहेक बाघचौरेका निजी व्यवसाय पनि छन्। रियल स्टेट र निर्माणको काम पनि गर्छन् उनी। उनले धेरै गोदाम, घर र फ्ल्याट भाडामा लगाएका छन्।

पुणेमा उनीहरूका दुई होटेल र एक रिसोर्ट छन्। यी सबै व्यवसाय बाघचौरे, उनका दाजु र बाबु मिलेर रेखदेख गर्छन्। उनका दाजु स्थानीय नेता पनि हुन्।

सलमान खानको परिवारसँग गोल्डेन गाइजको खास सम्बन्ध छ। सलमानका भाइ सोहेल खानले उनीहरूसँग दोस्ती गाँसेका छन्।

कपिल शर्मा सोपछि यी दुवैको लोकप्रियता बढेको हो। इन्डियन आइडललगायत टेलिभिजन सोहरूमा पनि देखिइसकेका छन्। सामाजिक सञ्जालमा दुवैका लाखौं फलोअर्स छन्।

उनीहरूले आफ्नो धनाढ्य जीवनशैली सामाजिक सञ्जालमा राख्ने गरेका छन्। दुवैले ‘गोल्डेन गाइज’को नामबाट एक गैरसरकारी संस्था पनि शुरु गरेका छन्। त्यसमार्फत पुणेका गरिब बालबालिकालाई दैनिक खाना खुवाउँछन्। र, बेसहारा बनेकाहरूलाई सहयोग गर्छन्।

सुनसँग सम्बन्ध

बाघचौरेको जन्म २ जनवरी १९९० मा पुणेमा भएको हो। र, गुर्जर २७ जनवरी १९८५ मा जन्मेका हुन्। उनीहरू बालखैदेखिका साथी हुन्। दुवैले डीवाई पाटिल कलेजबाट आफ्नो पढाइ पूरा गरेका हुन्। उक्त कलेज उनीहरूकै हो।

कलेजको जमिन उनीहरूकै हो। र, भवन निर्माण पनि उनीहरूले नै गराएका हुन्। दुवै आ-आफ्ना संयुक्त परिवारमा बस्छन्, जसमा ५८ सदस्य छन्।

बाघचौरे र गुर्जरको सुनप्रतिको आशक्ति गहनाहरूमै सीमित छैन। उनीहरू महँगा गाडीहरू खरिद गर्ने सोख पनि राख्छन्। बीएमडब्लू, मर्सिडिज, ओडी, रेन्ज रोभर, जगुवारजस्ता महँगा गाडी छन्, उनीहरूसँग। तीमध्ये अधिकांश गाडीमा सुनको आवरण छ।

सुनको आवरण रहेका गाडी सडकमा निकाल्नु परेमा अगाडि-पछाडि अन्य २-४ गाडी हुन्छन्। ता कि, अन्य गाडीले ठक्कर दिएर आफ्ना गाडीमा क्षति नपुर्‍याउन्।

त्यसबाहेक उनीहरूका फोन, जुत्ता, घडी र साइकल पनि सुनकै छन्। जब उनीहरू घरबाहिर निस्किन्छन्, सुरक्षाका लागि दुई बडीगार्ड हमेशा साथमा रहन्छन्।

शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.