काठमाडौं- कपिलवस्तुमा शुक्रबार भारतीय नागरिकमाथि गोली प्रहार भएको छ।
Advertisement
मायादेवी गाउँपालिका ४ मा भारतीय नागरिक इर्साद खानमाथि गोली प्रहार भएको हो। उनी भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका बासिन्दा हुन्।
स्थानीय एक होटलमा बसिरहेका उनको काँध र कम्मरमा गरी दुई गोली लागेको प्रहरीले जनाएको छ। उनलाई उपचाराथए भारतको गोरखपुर लगिएको छ।
गोली हान्ने व्यक्ति–समूहको पहिचान नभएको र भारतीय प्रहरीसँगको समन्वयमा खोजी र अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।