काठमाडौं- ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ।
बिहान साढे ८ बजेसम्मको परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एमाले अग्रस्थानमा कायमै छ। एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले २६ लाख ४३ हजार २९६ मत ल्याएको छ।
माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादी केन्द्रले ११ लाख ६१ हजार १७३ मत पाएको छ। यस्तै, ११ लाख १९ हजा ४१६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ। राप्रपा पाँच लाख ८५ हजार ८८७ मतसहित पाँचौं, जसपा चार लाख २० हजार ९२८ मत पाउँदै छैटौं स्थानमा छ।
जनमत पार्टी तीन लाख ९४ हजार ३४० मतसहित सातौं, एकीकृत समाजवादी दुई लाख ९४ हजार १८ मतसहित आठौं, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६५७ मत पाउँदै नवौं, लोसपा एक लाख ६७ हजार २७८ मतसहित दशौं स्थानमा छ।