काठमाडौँ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले काठमाडौँ उपत्यकाका पाँच अलपत्र ठेक्का तोड्ने चेतावनी दिएको छ ।
Advertisement
कलंकी–नागढुंगा सडक विस्तार, चाबहिल–जोरपाटी–साँखु सडक विस्तारअन्तर्गतका ३ ठेक्का र नख्खु खोला–भैसेपाटी–बुंगमती सडक विस्तारको ठेक्का लिने ठेकेदारहरूलाई चेतावनी दिइएको हो ।
पाँच ठेकेदार कम्पनीले सबै ठेक्का लिएर अलपत्र छोडेका छन् । उनीहरूलाई सात दिनभित्र कार्यालय उपस्थित हुन अल्टिमेटम दिइएको छ ।
कलंकी–नागढुंगा सडक विस्तारमा शर्मा–शैलुङ–कान्छाराम जेभीले ठेक्का लिएको छ । चाबहिल–जोरपाटी–साँखु सडक विस्तारको एउटा ठेक्का युनाइटेड बिल्डर्स एण्ड इञ्जिनियर्स प्रा.लि., दोस्रोमा बज्रगुरु–छ्यांमिला–खानी जेभी र तेस्रो बज्रगुरु–बिरुवा–खानी जेभीले लिएका छन् ।
नख्खु खोला–भैँसेपाटी–बुंगमती सडकको ठेक्का आशिष–बिरुवा–सिएम जेभीले लिए ।