काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । पछिल्लो मत परिणामअनुसार माओवादीले ११ लाख १ हजार ७२९ मत पाएको हो ।
Advertisement
प्राप्त मतसँगै माओवादी तेस्रो स्थान रहेको छ । यस्तै, २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले शीर्ष स्थान कायम बनाइरहेको छ ।
यस्तै, २४ लाख ५३ हजार मतसहित कांग्रेस दोस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मतसहित चौथो स्थान हासिल गरेको छ ।
राप्रपाले पाँच लाख ५२ हजार मत पाउँदा जसपाको मत तीन लाख ५८ मत पाएको छ । यस्तै, थ्रेस होल्डको नजिक रहेको जनमत पार्टीले तीन लाख १ हजार मत पाउँदा एकीकृत समाजवादी पार्टीले दुई लाख ६४ हजार मत पाएको छ ।