काठमाडौँ । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रत्यक्षतर्फ मत गणना भइरहेका चार स्थानको नतिजा आउन बाँकी रहेको छ । जसमा नेपाली कांग्रेसको ३ स्थान र नेकपा एमाले एक स्थानमा अग्रता बनाइरहेको छ ।
Advertisement
बुथ कब्जा भएको भन्दै दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने भएको छ । बाजुरामा मत गणना हुन सकेको छैन । मतदानका क्रममा भएको झडपपछि दुई जनाको मृत्यु भएपछि तनाव हुँदै आएको छ ।
यसैगरी, स्याङ्जामा बुथ कब्जा भएको दाबी गरेपछि पुनः मतदान गर्ने वा के गर्ने भन्ने विषयमा आयोगले निर्णय गरिसकेको छैन ।
हाल उदयपुर १ मा कांग्रेसका नारायण खड्काको अग्रता छ । यस्तै धनुषा २ मा कांग्रेसकै महेन्द्र यादव तथा सुनसरी ४ मा ज्ञानेन्द्र बहादुर कार्कीको अग्रता छ ।
सुनसरी ३ मा भने एमालेकी भगवती चौधरीले अग्रता बनाएकी छन् ।