काठमाडौँ । काठमाडौँको माछापोखरीस्थित एक गेष्ट हाउसमा पुरुष शव फेला परेको छ ।
Advertisement
काठमाडौँ महानगर १६ माछापोखरीमा रहेको पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसको १०५ नम्बर कोठामा पाल्पा बर्तुङ्ग घर भएका कुमार चन्द्र कोइरालाको शव फेला परेको हो ।
मंसिर १० देखि उक्त गेष्ट हाउसमा बस्दै आएका ६० वर्षीय कोइराला मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको हो ।
सुतिरहेको अवस्थामा मृत भेटिएका कोइरालाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।