काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको बताएका छन् ।
Advertisement
पूर्वमन्त्रीसमेत रहेका उनले सहयात्री दल नेकपा एमालेको नेतृत्व पङ्क्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए ।
त्रिपाठी एमालेको समर्थनमा नवलपरासी (पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । उनलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पराजित गरेका हुन् ।
नेता त्रिपाठीले आज परासीमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा हारे पनि जनताको सेवा र प्राप्त उपलब्धिको रक्षा गर्न आफू सदैव सक्रिय रहने बताए ।