काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर ११ भोजाडमा जिल्ला पार्टी कार्यालयमा आगो लागेको हो ।
Advertisement
घटनामा कार्यालयभित्र रहेका फर्निचरका केही सामग्री जलेका छन् । कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना शुक्रबार राति भए पनि ढिला खबर आएको हो ।