काठमाडौँ । कालीकोटमा नेकपा माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ ।
Advertisement
गत ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शनिबार राति सकिएको मत गणनाअनुसार माओवादीले अग्रता कायम गरेको हो ।
प्रतिनिधिसभा एक र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा एमाले दोस्रो र नेपाली कांग्रेस तेस्रो दल बनेका छन् । जिल्लामा निर्वाचनको मत गणना सकिएर नतिजा सार्वजनिक भइसकेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।
मुख्य निर्वाचन कार्यालयका अनुसार माओवादीले प्रतिनिधिसभामा समानुपातिकतर्फ १४ हजार २२९ र प्रदेशसभातर्फ १५ हजार २५१ मत पाएको छ ।
एमालेले प्रतिनिधिसभातर्फ १२ हजार ५६४ र प्रदेशसभातर्फ १२ हजार ३३९ मत पाएको छ । कांग्रेसले प्रतिनिधिसभामा १० हजार ५८५ र प्रदेशसभातर्फ नौ हजार २० मत समानुपातिकमा पाएको छ ।