काठमाडौँ । जारी मत गणनामा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो भएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी सो स्थानमा रहेको थियो ।
Advertisement
कूल ६८ लाख ७७ हजार ५९५ मत गणना हुँदा माओवादीले रास्वपालाई उछिनेको हो । अहिले माओवादीले आठ लाख ४१८ अर्थात् ११.६३ मत पाएको छ । रास्वपाले सात लाख ९९ हजार ३४८ अर्थात् ११.६२ प्रतिशत मत पाएको छ ।
समानुपातिकको मत गणनामा माओवादीलाई निरन्तर चौथो हुँदै आएको थियो । पछिल्लो समय देशैभरिको मत गणना भइरहेकाले माओवादीले आफ्नो मत बढाउँदै गएको हो ।