काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चुनावको परिणाम रहस्यमय भएको बताएका छन् ।
Advertisement
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले पराजित गरेसँगै अध्यक्ष यादवले चुनावको परिणाम आएपछि पहिलो पटक प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘चुनावमा भएका आन्तरिक र बाह्य षडयन्त्रको सुइको मैले पनि पाएको छु, यसको पनि मूल्याङ्कन हुने नै छ, र कुनै पनि खालको हस्तक्षेप हामीलाई स्वीकार्य छैन, यस चुनावको परिणाम रहस्यमयी रहे तापनि हामी जनताको निर्णयको सम्मान गर्दछौँ ।’
उनले निर्वाचनको नतिजाले आफूहरूलाई कुनै असर नपार्ने दाबी गरे । उनले एक इञ्च पनि तलमाथि नभई जनताको म्याण्डेटअनुसार आफ्नो मिसनमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।