काठमाडौँ । रुपन्देही ३ गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक बोहरालाई पछ्याइरहेका छन् ।
Advertisement
कूल ८४ हजार ७४ मत गणना हुँदा १८ सय ४२ मतले बोहरा अगाडि छन् । सुरुवाती चरणमा अग्रता कायम गरेका खाँण शुक्रबारदेखि पछाडि पर्दै आएका हुन् ।
खाँणले ३१ हजार ६ मत प्राप्त गर्दा बोहराले ३२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् ।
कूल ३६ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा ३३ वडाको मत गणना सकिएको छ ।