काठमाडौँ । कैलाली ४ मा मत पेटिकामा अर्धकट्टीसमेत भएको मतपत्र भेटिएपछि मत गणना रोकिएको छ ।
Advertisement
गोदावरी नगरपालिका ११ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र फेला परेको हो ।
निर्वाचन अधिकृत इन्द्र कठायतका अनुसार अहिले गणना रोकेर राजनीतिक दलका प्रतिनिधिबीच छलफल भइरहेको छ ।
यस क्षेत्रमा नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट र कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर प्रतिस्पर्धामा रहेका छन् ।