काठमाडौँ । काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी)का उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन् । कूल ३१ हजार २४ मत गणना हुँदा उनले ११ हजार ६३८ मत पाएका छन् ।
Advertisement
यस्तै दोस्रोमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले छ हजार ९६५ मत पाएका छन् । तेस्रोमा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले छ हजार ७३७ मत पाएका छन् ।
काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको उक्त क्षेत्रको ७५ मतदान केन्द्रमा मतदान भएको थियो । सो निर्वाचन क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो ।