काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ कांग्रेस महामन्त्री गगन थापामाथि संगीन आरोप लगाएका छन् ।
Advertisement
प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको नतिजा नाजुक आइरहेका बेला दीपशिखा थापाविरुद्ध उभिएका हुन् ।
थापाले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)सँगको साझेदारीमा गठबन्धनलाई हराएको उनको आरोप छ ।
थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनमा ‘म कालो कांग्रेस हुँ’ भनेको स्मरण गर्दै दीपशिखाले भने, ‘हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनु भयो, तपाईंलाई आगामी यात्राको शुभकामना ।’
उनले आफूहरू जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताए ।