काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नं ३ मा जारी मत गणनामा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की अग्रता कायमै राखेका छन् ।
Advertisement
निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनले पछिल्लो मत गणनामा चार हजार ९१० मत प्राप्त गरेका छन् ।
नेकपाका अमृत खड्काले तीन हजार ८४५ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले दुई हजार २२८ मत पाएकी छन् ।
कूल ११ हजार ८७७ मत गणना हुँदा चार सय ३३ मत बदर भएको छ ।