काठमाडौँ । विवादका कारण स्थगित गुल्मीको मतदान केन्द्रमा भोलि पुनः मतदान हुने भएको छ ।
Advertisement
गुल्मी जिल्लाको क्षेत्र नम्बर १ को कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) र (ख) केन्द्रमा मंगलबार पुनः मतदान हुने भएको हो ।
आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र वितरण भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।
मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरिसकेपछि मतदान स्थगित भएको थियो ।
स्थगित भएको मतदान केन्द्रबाहेकका जिल्लाका अन्य मतदान केन्द्रको मतपेटिका ल्याइएको ल्याइएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।