काठमाडौँ । ललितपुरमा १० वर्षीया र ११ वर्षीया दुई जना बालिका बलात्कृत भएका छन् ।
Advertisement
ती बालिकालाई बलात्कार गरेको अभियोगमा गोदावारी नगरपालिका ३ नहर बस्ने १९ वर्षीय पर्वत विश्वकर्मा र १९ वर्षीय मदन विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारको उजुरी परेपछि प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।