काठमाडौँ । काठमाडौँको थापाथलीमा आज बिहान मोटरसाइकलको ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ र
Advertisement
मृत्यु हुने पैदलयात्रीमा बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवा रहेका छन् । उनको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान सवा ६ बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाग्लुङ घर भई भक्तपुर बस्ने ३० वर्षीय विज्ञान कँडेलको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान साढे ५ बजे कुसुवालाई ठक्कर दिएर त्रिपुरेश्वरबाट थापाथलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१९ प ३१९५ नम्बरको मोटरसाइकल पल्टिएको थियो ।
मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।