काठमाडौँ । खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
Advertisement
बैतडीको सिगास गाउँपालिका ८ की २७ वर्षीया सरस्वती धामी, बोहराको खर काट्ने क्रममा शनिबार लुपुड भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले जानकारी दिए ।
मृतक सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् । बैतडीका ठाउँमा महिलाहरू भीरमा खर काट्ने क्रममा ज्यान गुमाउने गरेका छन् ।
गत साउनयता सात जनाको ज्यान गइसकेको छ । हिउँदमा पशुचौपायालाई खुवाउन खर फागलाबाट काटेर थुप्रो बनाउने चलन छ ।