काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका ३ काला पत्थरस्थित सडकमा मोटर बाटो बनाउँदा माथिबाट खसेको ढुंङ्गाले लागेर एक जनाको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा लमजुङ सुन्दरबजार नगरपालिका ५ का ३५ वर्षीय ओम बहादुर गुरुङ रहेका छन् । उनको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।