तेह्रथुम । आगामी ४ मंसिरान हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा एमालेबाट ०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित भएका पूर्ववडाध्यक्ष कुलबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् ।
Advertisement
छथर गाउँपालिका २ तेह्रथुममा एमालेबाट निर्वाचित पूर्ववडाध्यक्ष कार्कीले चुनावको मुखैमा पार्टी परित्याग गरेको विज्ञप्ति सार्वजनिक गर्दै घोषणा गरेका छन् ।
०४६ सालदेखि एमालेमा आबद्ध भई विभिन्न जिम्मेवारी सम्हाल्दै छथर गाउँपालिका गाउँ कमिटीको सदस्य रहेका कार्कीले पछिल्लो समय नेतृत्वको गतिविधि मन नपरेकाले पार्टी परित्याग गरेको जनाएका छन् ।
उनले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।