• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

हसिनाको स्वदेश फर्किने घोषणा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

दलका घोषणापत्रमा पर्यटनः भरियादेखि व्यवसायीसम्मलाई सहुलियत


बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित

काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका शीर्ष दललगायतले आगामी ५ वर्षको नीति तथा कार्यक्रम तयार पार्दै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

Advertisement

दलहरुले शिक्षा, कृषि, स्वास्थ्य, सड्क, महिला तथा बालबालिका, जेष्ठ नागरिक लगायतका विषयलाई प्रमुख मुद्दा बनाएका छन् ।

देशको अर्थतन्त्रमा निकै महत्वपूर्ण टेवा पु¥याउने क्षेत्र पर्यटन हो । दलहरुले सार्वजनिक गरेको घोषणापत्रमा पर्यटन र सस्कृतिका क्षेत्रमा पुरानै योजना कायम राख्दै केही नयाँ योजना पनि थपेका छन् ।

नेकपा एमाले

सत्तापक्षको प्रतिपक्षमा रहेको नेकपा एमालेले विश्व बजारमा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सञ्चालन गरिने पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गरिने योजना बनाएका छन् ।

नेपाली कूटनीतिक नियोगहरूलाई पर्यटन प्रवर्द्धनमा परिचालन गरिने, पर्यटकको बसाई अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधारहरु निर्माण तथा सुधार गरिने जनाएको छ । पर्यटन सेवाको विस्तार गरिने, पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालय स्थापनासहित आवश्यक व्यवस्था गरिने, गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै आगामी पाँच वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख पु¥याउने लक्ष्य राखेको छ  ।

यसैगरी पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिने, प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सास्कृतिक , कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । जैविक र पर्यावरणीय विविधतासहितको इको टुरिज्मलाई प्रवर्द्धन गरिने छ । सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्मसिटी निर्माण गरिने जनाएको छ ।

नेकपा माओवादी

नेकपा माओवादीले रोजगारी र समृद्धिको आधार, सबैका लागि पर्यटन भन्ने नारासहित हिमालय टे«ललाई प्राथमिकतामा राखेका छन् ।

ताप्लेजुङदेखि दार्चुलासम्मको ग्रेट हिमालय ट्रेल, धौलागिरी सेन्चुरी लगायतका पदमार्गहरुमा पर्यटन पूर्वाधार निर्माण गरिने, रुकुमको चुनवाङदेखि म्याग्दी बेनीसम्मको गुरिल्ला ट्रेललाई थप व्यवस्थित गरी युद्ध पर्यटनलाई प्रवर्धन गरिने जनाएको छ ।

त्यसैगरी हिमाल आरोहीहरुको वर्गीकरण गरी परिचयपत्र व्यवस्था मिलाइने, हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दाे व्यवस्था गरिने छ ।
कोभिड महामारी लगायतका प्रकोपका कारण स्थगित नेपाल भ्रमण वर्षलाई थप परिस्कृत र विकास गरी नेपाल भ्रमण वर्ष घोषणा गरिने ।

उक्त कार्यक्रममार्फत ३० लाख विदेशी पर्यटकहरु भित्रने आधार तयार गरिने, पर्यटन क्षेत्रमा परमिट, शुल्क भुक्तानी लगायतका विषयलाई डिजिटल र एकद्धार प्रणाली लागु गरिने, पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखी पर्यटकमैत्री नीति, कार्यक्रम र नियमन प्रणाली स्थापित गरिने उल्लेख छ । स्वरोजगारमुखी पर्यटन व्यवसायमा लाग्दै आएको करलाई सरलीकृत गरी एकद्धारा प्रणालीमा ल्याइनेछ । कर प्रणालीलाई व्यवहारिक र पर्यटनमैत्री बनाइने माओवादी केन्द्रको योजना छ ।

नेपाली कांग्रेस

नेपाली कांग्रेसले आगामी दस वर्षमा नेपाल भित्रने पर्यटकहरुको सङख्या ३२ लाख पु¥याउने लक्ष्य सहित गुणात्मक वृद्धिमा जोड दिइने जनाएको छ ।

पूर्वाधार र सुविधा नपुगेका सम्भाव्य पर्यटन स्थलको विकास गर्न लगानीकर्तालाई आवश्यक सहुलियत दिइने, नयाँ पर्यटकीय आकर्षणका रुपमा चिकित्सा, शिक्षा र चलचित्र निर्माणमा सहयोग पु¥याउन निजी व्यवसायसँग साझेदारीलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुलाई वर्षमा पाँच दिन घुमघाम विदा र रु २५ हजार नगद प्रोत्साहन दिइने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

नेपाली कांग्रेसको घोषणापत्रमा टे«किङ व्यवसायमा संलग्न भरियाहरुलाई स्तरीय बुट र पोशाकको व्यवस्था गर्न सम्बन्धित रोजगारदाता कम्पनीहरुलाई वित्तिय प्रोत्साहन दिइने उल्लेख गर्दै अर्काे पाँच वर्षमा सार्वजानिक निजी सहकार्यमा पर्यटकीय र आर्थिक सम्भाव्यता हेरी मनकामना र चन्द्रगिरी जस्तै नेपालभर कम्तिमा आठ वटा थप केबुलकार योजना कार्यान्वयन हुने जनाएको छ ।

एकीकृत समाजवादी

एकीकृत समाजवादीले नयाँ गन्तव्यको खोजीमा जोड दिदै दैनिक कम्तीमा ५ लाख बाह्य तथा आन्तरिक पर्यटकलाई सेवा प्रदान गर्न सक्ने गरी आवश्यक पूर्वाधार निर्माण गर्न पहल गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

पर्यटक आकर्षित गर्ने होटेल तथा रिसोर्ट तथा अन्य सेवा प्रदान गर्ने उद्यमीलाई पहिलो ५ वर्षसम्म आयकरमा ७५ प्रतिशत छुट दिइने र होमस्टे सञ्चालन गर्न चाहने महिलाहरुको समुहका लागि रु ५० लाखसम्म दिएको ऋणको ५ प्रतिशत भन्दा बढी ब्याज अनुदान दिइने जनाएको छ ।

 

बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति
विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

भर्खरै

  • १.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • २.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ३.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ४.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

  • ५.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ६.
    राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

  • ७.
    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

  • ८.
    कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.