• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

काठमाडौं–४ मा गगनको वर्चश्व


मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

काठमाडौं- काठमाडौं–४ बाट २०७० र ०७४ मा निर्वाचित भएका कांग्रेस महामन्त्री गगन थापा तेस्रो पटक प्रत्यक्ष चुनाव जितेर सांसद हुने दाउमा मात्र नभएर देशको प्रधानमन्त्री नै बन्ने चाहना पालेर चुनावी मैदानमा उत्रिएका छन् ।

Advertisement

‘म यो पटक यहाँबाट सांसद भएर गएर नेपाली कांग्रेसको संसदीय दलको नेता लड्न चाहन्छु, जित्न चाहन्छु र कांग्रेसको संसदीय दलको नेता भएर यदि गठबन्धनले बहुमत प्राप्त गर्यो वा कांग्रेससँग बहुमत भयो भने कांग्रेसको तर्फबाट ड्राइभिङ सिटमा बसेर देशलाई अगाडि बढाउन चाहन्छु’ महामन्त्री थापाले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा भनेका थिए ।

उनले त्यस क्रममा आफू काठमाडौं–४ बाट यसअघि नै दुई पटक निर्वाचित भएर सांसदको अनुभव लिएको, मन्त्री भएको र अहिले पार्टीको जिम्मेवारीमा पनि भएको भन्दै मुलुकको समस्या र समाधानको उपाय पनि खोजेर आएको बताएका थिए । उनको चाहना पूरा हुन्छ वा हुँदैन, त्यो चुनावी मत परिणामले देखाउनेछ । तर, काठमाडौं–४ मा भने उनको वर्चश्व कायम छ । यस क्षेत्रमा उनी अत्यधिक रुचाइएका उम्मेदवार पनि हुन् ।

२०७४ सालको चुनावमा थापाले एमाले र माओवादी केन्द्र मिलेर बनेको वामगठबन्धनका साझा उम्मेदवारलाई पराजित गरेका थिए । त्यसैले पनि उनी यसपटक पनि चुनावमा सजिलै जित निकाल्न सक्ने आंकलन गर्न सकिन्छ । स्थानीय तहको निर्वाचनमा पार्टीको मत कम देखिए पनि संसदीय निर्वाचनमा थापा बलियो देखिएका कारण त्यस क्षेत्रमा उनको व्यक्तिगत प्रभाव राम्रो देखिन्छ ।

यसपटक थापालाई थप सजिलो हुनेछ । पहिलो त, यसपटक उनीतिर गठबन्धन छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजपाको गठबन्धन उनका लागि सहयोगी हुन्छ । त्यस्तो अवस्थामा उनको पक्षको मत नै १९ हजारभन्दा बढी हुन जान्छ ।

अर्कोतिर, पार्टीको अघिल्लो वर्ष सम्पन्न महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भएका छन् । त्यसले पार्टी राजनीतिमा उनको प्रभाव बढाएको छ नै, पार्टी बाहिर पनि छवि विस्तार गरेको छ । उनी सधैंभर युवामाझ चर्चा भइरहने नेता हुन् । चर्चा हुनु चुनावका लागि थप फाइदाजनक हुन्छ । काठमाडौं–४ थापाको राजनीतिक आधारभूमि पनि हो ।

स्थानीय तह निर्वाचनको मतपरिणाम

क्षेत्र काठमाडौं–४ मा महानगरपालिकाका १, ७, ८ र ३० वडाहरु पर्छन् । यस्तै, बुढानीलकण्ठ नगरपालिकाको १, २, ८, ९, १०, ११, १२, र १३ वडाहरु पर्छन् । जसअन्तर्गत पर्ने वडाहरुमा एमालेको वर्चस्व देखिन्छ ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस निर्वाचन क्षेत्रअन्तर्गत पर्ने १२ वटा वडामध्ये कांग्रेसले केवल ३ वटामा वडाको मात्रै अध्यक्ष जितेको छ ।

कांग्रेसले काठमाडौं महानगरपालिकाका ७, ८, र ३० मा वडाध्यक्ष जितेको हो । बाँकी ९ वटा वडाको अध्यक्ष एमालेले जितेको छ । एमालेले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र बुढानीलकण्ठका १, २, ८, ९, १०, ११, १२ र १३ मा वडाध्यक्ष जितेको हो ।

वडाध्यक्षहरुले पाएको समग्र मत जोड्दा पनि एमालेले सर्वाधिक मत पाएको देखिन्छ । एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६७, एकीकृत समाजवादीले २ हजार ४१४, माओवादी केन्द्रले ८४४, राप्रपाले २ हजार २९३ र स्वतन्त्र उम्मेदवारले १ हजार २८ मत पाएको देखिन्छ । अन्य पार्टीको मत नगन्य देखिन्छ ।

मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.