काठमाडौँ । स्टार खेलाडी नेयनारको गोलमा फ्रेञ्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लोरिएण्टलाई २-१ अन्तरले पराजित गरेको छ ।
Advertisement
आइतबार राति भएको खेलको नवौँ मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । ५३ औँ मिनेटमा टेरिम मोफीले गोल गर्दै लोरीएन्टले १-१ को बराबरी गर्यो ।
८१ औँ मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए । जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा छ । लोरीएण्ट २७ अंक जोडेर पाँचौं स्थानमा छ ।