काठमाडौँ । आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
Advertisement
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आकलन गरिएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।