काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।
Advertisement
बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । राति गण्डकीका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सोमबार प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनीका पहाडी भू भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।