काठमाडौँ । काठमाडौँ ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस महामन्त्री गगन थापाले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
Advertisement
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले शुक्रबार चाबहिल क्षेत्रमा घरदैलो कार्यक्रम गरेका छन् ।
एमालेका उम्मेदवार राजन भट्टराईसँग प्रतिस्पर्धामा रहेका थापाले घरदैलो कार्यक्रममा क्रममा जनतालाई कहिले निराश नबनाउने गरी आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
०७० र ०७४ मा सोही क्षेत्रबाट निर्वाचित थापा यसपटक पनि चुनावी मैदानमा छन् ।