• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

काठमाडौं क्षेत्र नं. १ मा महाभिडन्त


बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित

काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सरगर्मी देशभर बढेकोे छ । दलीय र स्वतन्त्र उम्मेदवारहरु पार्टी बैठक र मतदाता आकर्षित पार्न प्रचारप्रसारमा तल्लिन भएर लागिपरेका छन् ।

Advertisement

अन्य निर्वाचन क्षेत्रमा जस्तै देशको केन्द्रीय राजधानी काठमाडौंमा पनि माहोल तातेकोे छ । सानो भूगोल तर ठूलो संख्यामा मतदाता रहेको क्षेत्र काठमाडौं क्षेत्र नम्बर १ हो । काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ वडा यस क्षेत्रमा पर्छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ हजार १८ जना मतादाता छन् ।

काठमाडौं क्षेत्र १ मा यस निर्वाचनमा नयाँ–पुराना अनुहार मैदानमा उत्रिएका छन् । २०५१ देखि निरन्तर चुनाव लड्दै आएका नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले पुनः उम्मेदवारी दिएका छन् । २०५१, ०६४, ०७० र ०७४ मा उनी सांसद् निर्वाचित भइसकेका छन् । चार दशकदेखि राजनीतिमा सक्रिय सिंह पटक–पटक मन्त्री भएका नेता हुन् । सिंहसँगको प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेका युवा नेता किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत छन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त मत परिणाम हेर्दा यो क्षेत्रमा कांग्रेस अगाडि छ । पार्टीगत वडाध्यक्षहरुले पाएको मतमा कांग्रेसले ९ हजार ८ सय ९५, एमालेले ९ हजार ५ सय ४१, माओवादी केन्द्रको ११ सय ५९, राप्रपा नेपालको ११ सय ४९ र विवेकशील साझाको २ सय ७३ मत छ । चार वडामध्ये १०, ११ र २९ मा कांग्रेस र ३१ नम्बर वडामा एमालेले बढी मत ल्याएको छ ।
त्यसमा पनि वडा नम्बर १० मा कांग्रेसले ३ हजार ४ सय २८ मत प्राप्त गर्दा एमालेले १ हजार ९ सय ५३ पाएको छ । एमाले प्रभाव देखिएको वडा नम्बर ३१ मा सो पार्टीले ४ हजार ७ सय ६७ मत र कांग्रेसले २९ सय ९१ मत प्राप्त गरेको थियो ।

कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएकाले स्थानीय तह चुनावमा प्राप्त मतलाई जोड्दा ११ हजार ५४ हुन्छ । यही क्षेत्रबाट २०७४ सालमा १० हजार ९ सय ३६ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए कांग्रेस नेता सिंह ।
काठमाडौं कांग्रेसको राजनीतिमा पकड बनाएका सिंह पूर्वउपप्राधनमन्त्री एवं स्थानीय विकासमन्त्री हुन् । गत आम निर्वाचनमा काठमाडौंमा १ बाट उम्मेदवारी दिएका २२ मध्ये ३ जनाबाहेक सबैको जमानत जफत भएको थियो । उनीहरुले एक प्रतिशत पनि प्राप्त गरेका थिएनन् । सिंहले यसपटक ‘राजनीतिलाई निकास र क्षेत्रमा विकास’ भन्ने नारा लिएर चुनाव लड्दै छन् ।

२०७४ को चुनावमा सिंहका निकटतम् प्रतिस्पर्धी रहेका रवीन्द्र मिश्र पनि दोस्रो पटक यही क्षेत्रमा चुनाव लड्दैछन् । विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्रले उक्त निर्वाचनमा १० हजार १ सय १८ मत ल्याएका थिए । अहिले मिश्र राप्रपाबाट चुनावी मैदानमा छन् । मिश्र वैकल्पिक राजनीति गर्ने भन्दै पत्रकारिता पेसा छाडेर राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् ।

एमालेले यो क्षेत्रबाट किरण पौडेललाई मैदानमा उतारेको छ । युवा राजनीतिबाट उदाएका पौडेल एमालेको भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष हुन् । उनले समृद्धि र सुशासन, युवा नेतृत्वको नारा अघि सारेका छन् ।

यस्तै, वैकल्पिक राजनीतिबाट उदाएका युवा नेता पुकार बम पनि यस क्षेत्रबाटै प्रतिस्पर्धा गर्दैछन् । उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हुन् । पुकारले संविधानको व्यवस्थाअनुसार कार्यान्वयन नभएका नागरिकको जनजीविकाको परिवर्तनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले सक्षम, अनुभवी पुस्ता संसद्भित्र आउनुपर्ने, एउटै व्यक्तिले सिंहदरबारभित्र पहुँच र पद होल्ड गर्ने कार्य बन्द हुनुपर्नेजस्ता एजेन्डा अघि सारेका छन् ।

यही क्षेत्रमा नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल पनि उम्मेदवार बनेका छन् । उनी नेपाल सुशासन पार्टी खोलेर राजनीतिक गतिविधिमा होमिएका हुन् । प्रहरी सेवाबाट राजानीमा दिएर राजनीति अँगालेका खरेलले मुलुकभित्रको विकृतिको अन्त्य गर्दै सुशासन कायम गर्न उम्मेदवारी दिएको उल्लेख गरेका छन् ।

यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट हरिशरण श्रेष्ठ, विवेकशील साझा पार्टीबाट शंकर बन्जाडे, हाम्रो नेपाली पार्टीबाट डम्बर शाह, जनमत पार्टीबाट हरेन्द्र चौधरीलगायतले उम्मेदवारी दिएका छन् ।
स्वतन्त्रबाट भने मिरा विष्ट, देव शर्मा, निर्जल शाह, संगीता बोगटी, सुनिता बसेल, गोमा खतिवडा अधिकारी, दुर्गाप्रसाद लिम्बू, सीता तामाङ केसी, कुलबहादुर तामाङ उम्मेदवार छन् ।

 

बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो
सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

भर्खरै

  • १.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • २.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ३.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ४.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ५.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

  • ६.
    सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७.
    इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

  • ८.
    सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.