सिरहा । जिल्लाको धनगढीमाई नगरपालिका ७ मा हिजो विङ्गरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना युवती घाइते भएकी छन् ।
Advertisement
मृत्यु हुनेमा मोटरसाइकल चालक गोलबजार नगरपालिका १२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डल रहेका छन् । उनको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो ।
घाइते भएकी मोटरसाइकलमा पछाडी सवार १८ वर्षीया पर्वती देवी मण्डलको मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ ।
प्रदेश २–०१–००१ प ३९ ८२ नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले हिजो साँझ सवा ६ बजे ठक्कर दिएको थियो । विङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।