काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
Advertisement
घोषणा पत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा निर्वाचन प्रणाली परिवर्तन गर्नेबारे उल्लेख गरिएको छ ।
अहिलेको निर्वाचन प्रणाली खर्चिलो र विकासका निम्ति बाधक भएको भन्दै विकल्प खोज्नु पर्ने नेकपा एसको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिने गरी घोषणा पत्र तयार गरिएको पार्टीले जनाएको छ ।