कञ्चनपुर । शुक्लाफाटा नगरपालिका ४ असैनास्थित से १ त ४९३८ नम्बरको ट्याक्टरको थ्रेसर मेसिनमा धान चुट्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
Advertisement
मेसिनमा परी सोही ठाउँ बस्ने ४७ वर्षीया सिमना रानाको शनिबार राति घटना स्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।