• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १० जनाको मृत्यु


    Avatar photo
बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित

काठमाडौं- काठमाडौं महानगरपालिका-६ बौद्ध अरुणिमा स्कुल पछाडी सडकमा बागमती प्रदेश ०२-०२२ प ४६०४ नम्बरको स्कुटर र इलेक्ट्रोनिक स्कुटर एकआपसमा ठोक्किएर मंगलबार दिउँसो दुर्घटना हुँदा इलेक्ट्रिक स्कुटरमा सवार हाल वतन नखुलेका ३० वर्षीय सुदिप बिजय तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका बागमती प्रदेश ०२-०२२ प ४६०४ नम्बरको स्कुटरमा सवार दुई जनाको  चावहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा उपचार भइरहेको छ भने इलेक्ट्रिक स्कुटर चालकको वीर अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

चितवन रत्ननगर नगरपालिका-९ त्रीनेत्र पेट्रोल पम्पस्थित सडकमा ना.८ ख २५५५ नम्बरको ट्याङकरले ना.३५ प ८७५६ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक झापा घर भई मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ सरस्वती टोल बस्ने २६ वर्षीय सुमन लुईटेलको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुमनकी छोरी ९ वर्षीया सोभानी लुईटेललाई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ गजुरी गाउँपालिका-१ गजुरीबजारमा एमएच ०१ सीडब्लु ५९७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-१ नयाँबारी बस्ने ७९ वर्षीय सुर बहादुर धितालको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

उदयपुर बेलका नगरपालिका-१ सर्वन चोकमा प्रदेश १-०२०४६ प ४५३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका झाखेर बस्ने ३५ वर्षीय धन बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी कन्चनरुपमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी उदयपुर कटारी नगरपालिका-११ स्थित सडकमा अन टेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २४ वर्षीय यम्बर बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार  सोही ठाउँ बस्ने २१ वर्षीया ईन्दिरा कार्कीलाई उपचारको लागि कटारी अस्पताल पठाइएको छ ।      

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१८ रामधुनी चोकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय बिनोद रमतेलको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल मोटरसाइकल सहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रुपन्देही सैनामैना नगरपालिका-१ बनकट्टामा लु.२ च १५१३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री बुटवल उपमहानगरपालिका-११ देबीनगर बस्ने ४२ वर्षीय धन बहादुर बिकको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख भैरवी गाउँपालिका-३ डाँडीमाडी बजारमा भे.१ क १६४२ नम्बरको जेसीबीको ठक्करबाट पदैलयात्री सोही गाउँपालिका-३ डाँडीमाडी बस्ने ३९ वर्षीय धनि मियाँको घटनास्थलमै मंगलबार साँझ मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु शिवराज नगरपालिका-१ उमरीमा ना.६ ख ४७०४ नम्बरको बसबाट खसेर सोही बसका सहचालक हाल वतन नखुलेका करिब ४२ वर्षीय सुधिर न्यौपानेको मंगलबार बिहान मृत्यु भएको छ । यात्रु चढाई बसमा चढ्ने क्रममा ढोकाबाट खसेर टायरले किच्दा गम्भीर घाइते भएका उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ कानेपोखरी गाउँपालिका-६ स्थित ग्रामिण सुधार सामुदायिक बनमा प्रदेश १-०२-००३ त १५८७ नम्बरको ट्रयाक्टर खोल्सामा खसेर मंगलबार बिहान दुर्घटना हुँदा ट्रयाक्टर चालक कानेपोखरी गाउँपालिका-४ बस्ने ५० वर्षीय ज्ञान बहादुर लुङ्गेली मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.