काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौँले उनलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
Advertisement
गत असोज २४ मा जिल्ला अदालत काठमाडौँले उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएको थियो । त्यसपछि दोस्रोपटक २७ असोजमा ५ दिन, तेस्रोपटक कात्तिक २ गते ४ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो ।
नाबालिग किशोरीलाई बलात्कार आरोपमा पक्राउ परेका सन्दीप असोज २० मा कतारको दोहा हुँदै नेपाल आइपुगेका थिए । उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी परेको थियो ।